अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ आदर्श चोक, ऐ. ९ त्रीवेणीघाट, गोदावरी न.पा. ०३ चुट्के बजार, भजनी न.पा.३ कांडा, ऐ. ९ पहलवान भुरुवाको बिच जंगल, टीकापुर न.पा. ८ बेलुवा, जोशीपुर गा.पा.३ फाडिया र . ५ मनिकापुर कटैनी नदि छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,०२,६५०।– बराबरको प्याज, चिनी, मिश्री, मिठाई, दाल, चियापत्ती, तेल, टिसर्ट, पाईन्ट, सर्ट, सुटपिस, हरियो खुर्सानी, बदाम, सिंगठा, ब्याट्री, प्लाष्टिक झिल्ली, डोरी, सिद्रा माछा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।१२ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५१,०००।– बराबरको बिजुली, हाडबेयर र किरानाका लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।