प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०८।१२ गते १७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. ०९ बाट ऐ. ०८ बस्ने बर्ष २० को बिबेक चौधरीलाई ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

       यसैगरी, मिति २०८१।०८।१२ गते १८:०० बजेको समयमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.०३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा ऐ. टिकापुर न.पा.०३ शंकरपुर बस्ने बर्ष २१ को किसन बि.क. र बर्ष २९ को लक्ष्मी प्रासाद चौलागाईलाई १४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

       यसैगरी, मिति २०८१।०८।१२ गते १९:३० बजेको समयमा लागू औषध ओसार-पसार तथा विक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टीकापुर न.पा.३ रामपुर स्थित सडक छेउमा लागु औषध (खैरो हेरोईन) सेवन गरि रहेको अवस्थामा ऐ. जानकी गा.पा. ७ बस्ने बर्ष १९ को शंकर चौधरीलाई खानतलासी गर्दा १ ग्राम ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

       कञ्चनपुर:- मिति २०८१।०८।१२ गते २३:०० बजेको समयमा इलाका प्रहरी कार्यालय ब्रहमदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ ब्रह्मदेवबाट सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई ०.४४ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।