अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१३ गते १७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टिकापुर न.पा. ९ खक्रोला स्थित सडक खण्डबाट शंकास्पद रुपमा हिडिरहेको अबस्थामा चेकजाँच गर्दा ऐ. ३ बस्ने बर्ष २० को दिपक विश्वकर्मा र १८ बर्षिय किशोरलाई ७८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।