अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ त्रिनगर र रिङरोड, ऐ. ७ कम्पनि टोल, ऐ. ९ त्रीवेणीघाट, भजनी न.पा ३ जसबहादुर घाट, ऐ. ७ हिम्मतपुर र ऐ. ९ सयपत्रि सामुदायीक बन भित्रको बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९४,१३१।– बराबरको प्याज, चिनी, बदाम, सुर्ती, बिडी, डाल्डा तेल, अचार, सरप, सुटपिस, साडी, प्लाष्टिक झिल्ली, किरानाका सामान, घरेलु मदिरा, माछा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी र बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,८१,७४०।– बराबरको बिडी, सुर्ती, पावर वोर्ड, स्वीच, FIRE PINE, बिभिन्न किसिमका मोबाईल कभर, गद्दा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको ।