अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१४ गते १६:३० बजेको समयमा लागु औषध (खैरो हेरोईन) ओसार पसार तथा विक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टिकापुर न.पा. ९ खक्रोला स्थित सडक खण्डमा भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको अबस्थामा चेकजाँच गर्दा ऐ. १ बस्ने बर्ष २१ को बिशाल शाहीलाई ४ ग्राम ६१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०८।१४ गते १६:३० बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. ०५ गेटाबाट संकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा घनगढी उ.म.न.पा. १३ बस्ने बर्ष २३ को प्रबिन रानालाई १ ग्राम ३१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०८।१४ गते १४:३० बजेको समयमा लागू औषध (ट्याबलेट) सेवन तथा वेचविखन भई रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्कीचुहा न.पा.४ बलियाबाट सोही ठाउँ बस्ने बर्ष वर्ष २० को खेमराज जैशी वर्ष २२ को धिरज चौधरीलाई Tramadol 50mg – ८० वटा, Tab spas mid – २०८ वटा र Tab Avil – १६ वटा लागू औषध (ट्याबलेट) सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।