फरार प्रतिवादी पक्राउ
२०८१-०८-१५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०८।१४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. ठगी मुद्दामा १ बर्ष कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ बस्ने बर्ष २५ को मोहन राज भट्टलाई गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।
२. लागू औषध मुद्दामा २ महिना १० दिन कैद सजाय र १०,०००।– जरिवाना तोकिएको गोदावरी न.पा. २ बस्ने बर्ष ३५ को तेज बहादुर खड्का ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०८।१४ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. घरेलु हिंसा सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय, रु.७,०००।- जरिवाना र रु.१५,०००।- क्षतिपुर्ती तोकिएको जिल्ला डडेल्धुरा, आलिताल गा.पा.१ बस्ने बर्ष २९ को श्याम बोहरा ।
२. जबरजस्ती करणी उद्मोग मुद्दामा रु.३०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा. १ सलोन बस्ने बर्ष ४० को गगन बि.क ।