अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ आदर्श चोक, ऐ. १२ बिर्याघाट र भजनी न.पा.७ पुरैना ताल जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७२,७४०।– बराबरको प्याज, बिडी, पानीपुरी, सिगडा, प्लाष्टिक झिल्ली, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।१५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ भुजेला र पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,७६,१४८।– बराबरको थान कपडा, सुट कपडा, बिजुलीका सामन, नट बोल्ड, स्विच, चार्जर स्विच, आल्मनियम पत्ता, हाडबेयर, किराना लगायतका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
डडेल्धुरा:- मिति २०८१।०८।१५ गते २२:३० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.५ परिगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,३८०।– बराबरको प्याज, चिनी, जिरा, सुजी, मटर, चना, खानेतेल, चियापत्ति, चिया मसला लगायतका सामानहरु इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।