धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०८-१६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०८।१५ गते २०:२५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ८ तिलाचौर बस्ने बर्ष ४८ को नरेन्द्र सिंह बिष्टले आफ्नै श्रीमती बर्ष ३० की ज्योती बिष्टलाई घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट प्रहरी टोली खटि गई निज नरेन्द्र सिंह बिष्टलाई नियन्त्रणमा लिई घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भईसकेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।