प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

२०८१-०८-१६

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:- मिति २०८१।०८।१५ गते २०:२५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ८ तिलाचौर बस्ने बर्ष ४८ को  नरेन्द्र सिंह बिष्टले आफ्नै श्रीमती बर्ष ३० की ज्योती बिष्टलाई घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट प्रहरी टोली खटि गई निज नरेन्द्र सिंह बिष्टलाई नियन्त्रणमा लिई घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भईसकेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।