प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-१७

  • A
  • A-
  • A+
Share

       कैलाली:-  मिति २०८१।०८।१६ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० सालघारीबाट से २ प १९५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने १८ बर्षीय किशोरलाई  १५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि उक्त पदार्थ, मोटरसाईकल र निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

    यसैगरी,  मिति २०८१।०८।१६ गते २२:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ सिभिल टोलबाट सोही ठाउँ बस्ने बर्ष ३५ को रोशन सिंह, बर्ष २४ की बर्षा चौधरी र १५ बर्षिय किशोर समेतलाई  १९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

     कञ्चनपुर:-  मिति २०८१।०८।१६ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. ३ बैबाह ३२ नम्बर पिल्लर स्थित BOP झिलमिलाबाट भारत टाटरगञ्ज बस्ने बर्ष ४५ को चुम्मन सिंह र जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.२ चन्दनबस्ती बस्ने १८ बर्षिय किशोर समेतलाई  ७४ मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बल नेपालको झिलमिला स्थित BOP बाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।