अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा र शिसा पोष्ट नजिक, ऐ. ३ चटकपुर, गोदावरी न.पा. ४ गोदावरी बनदेबि मन्दिर नजिक र भजनी न.पा.३ कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८०,६८८।– बराबरको प्याज, चिनी, मिठाई, गुड पापड, बदाम, दाल, बिडी, सुर्ती, चक्लेट, वायर लेस बुफर, एयर फोन, मोबायल चार्जर, टर्च, नेलकटर, प्लाष्टिक झिल्ली, डोरी लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।१७ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,६५,३००।– बराबरको सुटपिस, बच्चाका कपडा, धोती, साबुन, सरप, सिरकका खोल, केक, चक्लेट, खेलौना, मोटरसाईकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।