अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१८ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित प्रहरी चेक पोष्ट अगाडी मुख्य सडकखण्डबाट भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको अवस्थामा ऐ. १ बनगाउँ बस्ने बर्ष २३ को शिबम थापामगर र बर्ष २७ को बिकाश चौधरीलाई खानतलासी गर्दा ७ ग्राम ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निजहरुलाई सोधापुछ गर्दा ऐ. १ बस्ने बर्ष २७ को बिज्ञान शाहीले लागू औषध खैरो हेरोईन खरिद गरी ल्याउन पठाएको भनि बताएकोले उक्त पदार्थ र निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।