१३ ग्राम १६० मिलिग्राम अबैध लागू औषध सहित २ जना नियन्त्रणमा
२०८१-०८-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१९ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित मुख्य सडकखण्डबाट ऐ.१ सक्ति नगर बस्ने बर्ष २२ मुकेश कामर डगौरा र बर्ष २३ की सृजना कुमारी चौधरीलाई शंका लागि चेकजाँच गर्दा १३ ग्राम १६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।