अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ आदर्श चोक, ऐ. ९ त्रीवेणीघाट, भजनी न.पा.३ जस बहादुरघाट र टीकापुर न.पा. ९ भ्यूटावर स्थित नदी छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८२,१००।– बराबरको चिनी, खानेतेल, केराउ, पानीपुरी, सुर्ती, प्लाष्टिक झिल्ली, डिस्पोजल चम्चा, माछा, मोटरसाईकल थान-१ लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० गज्जर, जिमुवा, भन्सार कार्यालय नजिक, ऐ.११ भुजेला र पुनर्वास न.पा. ७ “च” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,०८,१००।– बराबरको चिनी, मिश्री, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा, बिजुलीका सामान, हाडबेयर, किराना लगायतका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।