अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२१ गते १७:१० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित मुख्य सडकखण्डबाट ऐ. लम्की चुहा न.पा. ५ बस्ने बर्ष १९ को सुरज गिरीलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ४५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०८।२१ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बैयाबेहडीबाट ऐ.४ बस्ने बर्ष २७ को रबि बुढालाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०८।२१ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरिया लोटस गल्लीबाट सोही ठाउँ बस्ने बर्ष २३ को सुरेन्द्र भट्ट र बर्ष २४ को धिरेन्द्र धामीलाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।