जुवातास खेलिरहेको अबस्थामा ८ जना पक्राउ
२०८१-०८-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२१ गते २३:१५ बजेको समयमा जिल्ला कैलाली, चुरे गा.पा.५ खानिडाडा बजार स्थित बर्ष ३२ को अर्जुन सापकोटाको घर कोठामा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा निज अर्जुन सापकोटा सहित ८ (आठ) जनालाई इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.५५,९९०।- र ४ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।