कर्तव्य ज्यान मुद्दाको मानिस पक्राउ
२०८१-०८-२२
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०७।०८ गते राति जिल्ला कञ्चनपुर, लालझाडी गाउपालिका ०१ बिनावारी स्थित नास्ता पसलमा ऐ. ऐ. बस्ने वर्ष ४४ को रमेश वडायक र निजकी श्रीमती वर्ष ४० कि कमला बडायकको कर्तव्य गरी हत्या गरेको घटनाको अनुसन्धान गर्दै जादा शंकास्पद देखिएको सोही गाउँपालिका ०२ बस्ने वर्ष ४३ को गंगा राम रानालाई मिति २०८१।०८।१९ गते पक्राउ गरि प्रारम्भिक सोधपुछको क्रममा निजले उक्त घटना आफुले घटाएको स्वीकार गरेको हुँदा निजलाई सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट मिति २०८१।०८।२० गते कर्तव्य ज्यान मुद्धामा दिन १० म्याद थप भई आएको, थप अनुसन्धान भईरहेको ।