अबैध लागू औषध सहित ४ जना मानिस नियन्त्रणमा
२०८१-०८-२४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०८।२३ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.३ भाँसीबाट गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने बर्ष ३० को टेक राज जोशीलाई ०.१४ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०८।२३ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा. ६ त्रिवेणी चोकबाट गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने बर्ष २३ को राहुल डगौरा र बर्ष २५ को सञ्जु डगौरालाई ०.३८ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कैलाली:- मिति २०८१।०८।२३ गते १७:४५ बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रोला स्थित पुल नजिकबाट ऐ. ६ नारायणपुर बस्ने बर्ष २० को बिशाल चौधरीलाई १ ग्राम ९४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।