अबैध लागू औषध सहित पाँच जना मानिस नियन्त्रणमा
२०८१-०८-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२५ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० घुईयाँघाटबाट सोही ठाउँ बस्ने बर्ष २३ को मलराम रानालाई ४१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०८।२५ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ०३ बसपार्कबाट जिल्ला बझाङ, बुङ्गल न.पा.५ बस्ने बर्ष २५ को ललित नाथ योगीलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०८।२५ गते १९:५५ बजेको समयमा लागु औषध सेवन तथा बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, १ अत्तरीया स्थित धनगढी रोडबाट सोही ठाउँ बस्ने बर्ष २६ को राजन हमाल र ऐ. ११ बस्ने बर्ष बर्ष २२ को करुणाकर भट्टलाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०८।२५ गते २२:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २८ को संजय बि.क. लाई १ ग्राम ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।