अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ सिसा पोष्ट र ऐ. १० भैसीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,०९६।– बराबरको चिनी, मिश्री, बिडी, सुर्ती, प्रेशर कुकर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।२७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० भन्सार कार्यालय नजिक र ऐ. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,९३,१००।– बराबरको चिनी, मिश्री, मटर, खाने तेल, हाडवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको ।