प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०७९-११-०६

  • A
  • A-
  • A+
Share

मिति २०७९/११/०५ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटि गएको प्रहरी गस्ती टोलीले बिशेष सूचनाको आधारमा जि.कञ्चनपुर कृष्णपुर न.पा. वडा न. ४ त्रिवेणी चोक  बस्ने बर्ष अ.३५ को कमल दौल्यालको घरमा शंका लागी चेकजाँच गर्ने क्रममा घरको पछाडी घाँसबारीमा चरेस लुकाउन खोज्ने क्रममा निज कमल दौल्याललाई १ किलो ६२ ग्राम ला.औ.(चरेश) सहित फेला पारी बरामद गरी निज कमल दौल्याल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।  

    यसैगरि शुक्रबार दिउसो जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ गड्डाचौकी नेपाल-भारत सिमाना स्थित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ऐ. ६ ऐठपुर बस्ने बर्ष ३० को प्रेम राज जोशीले चलाएको सु.प.प्र. ०१-००८ प. ३७४१ नं. को मो.सा.लाई शंका लागी चेकजाँच गर्ने क्रममा मो.सा. पछाडी सवार ऐ. बेदकोट न.पा. ९ बस्ने बर्ष ३२ को पुकार पाण्डेयको साथबाट २.३० ग्राम चरेश, कोरेक्स सिसि थान-१ र स्पस थान-१० क्याप्सुल सहित फेला पारी बरामद गरी दुवै जना र मो.सा. सहित पक्राउ गरेको हो ।

     यसैगरि शुक्रबार साँझतिर प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ बजार स्थित ऐ. भि.न.पा. वडा न. ५ बनगाँऊ बस्ने बर्ष २२ को बिबेक ठगुन्नाले चलाएको से.४ प.३०४ नम्बरको पल्सर मो.सा. लाई शंका लागि चेकजाँच गर्दा निजको साथाबाट शुद्ध तौल गर्दा ०.१३ ग्राम ला.औ.(खैरो हिरोईन) फेला पारी कानुन बमोजिम बरामद गरि मोसा सहित निजलाई प्रहरीले पक्राउ गरेको हो ।

    कैलाली:- यसैगरि मिति २०७९।११।०५ गतेको साँझतिर जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ८ क्याम्पस चोक स्थित खटि गएको प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष ३१ को  सुरज चौधरीलाई शंका लागी चेक जाँचगर्दा  निजको साथबाट  १५ ग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी मानिस सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।