प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-१०

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१६ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६४० मिलिग्राम र डिजिटल काटा थान-१ सहित सोही ठाउँ बस्ने सुरेश बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३१० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २५ को सुरेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.७ हौसलपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २४ ग्राम ४०० मिलिग्राम सहित देश भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने बर्ष ४७ को हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.७ डाँडाबनबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ७३० मिलिग्राम र लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ५७० मिलिग्राम टिकापुर न.पा.२ राजिपुर बस्ने बर्ष ३३ को संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

   यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा ४ मोहतीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १३ ग्राम सहित दुहु गा.पा.४ बस्ने बर्ष ४३ को राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०१

कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.१० लठैया स्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २४ को जितेन्द्र चौधरीलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुखड, कैलाली समेतबाट खटिएको प्रहरी टोलीले सु.प.प्र.०१-००८ प ५८३५ नम्वरको मोटरसाइकलमा सवार निजलाई शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको छ ।        यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.१ ब्लक नं. २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को नबिन भण्डारीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३२० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर न.पा.७ भिमापुर बस्ने वर्ष २१ को अमन चौधरीलाई आइतबार साँझ प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-३१

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६३,९३०।– बराबरको बिडी, सुर्ति, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४६,६००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, पटका, झिरझिर बत्ति लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।