जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
२०८३-०३-०९
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम साँफेबगर न.पा.५ घर भई सोही न.पा.४ छिपेखोला स्थित बर्ष ४८ को चक्र चाडले सञ्चालन गरेको अस्मिता होटलबाट जुवातास खेलिरहेको अवस्थामा निज चक्र चाड सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.२९,६७०।– र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।