धारिलो हतियार प्रहार गरी वालिकाको हत्या गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०८-२९
- A
- A-
- A+
बाजुरा:- मिति २०८१।०८।२८ गते १७:४५ बजेको समयमा जिल्ला बाजुरा, बुढीगंगा न.पा.२ नडाङ सनइवाडा बस्ने बर्ष ४८ को नन्दे सनइले सोही ठाउँ बस्ने हर्क सनइको छोरी वर्ष ८ की विनिता नेपालीको घाँटीमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट प्रहरी टोली खटि गई निज नन्दे सनइलाई नियन्त्रणमा लिई निजको साथबाट हसिया थान- १, बन्चरो थान- १ र कोदालो थान- १ बरामद गरी घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भईसकेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।