११.८३ ग्राम अबैध लागू औषध सहित २ जना भारतिय पक्राउ
२०८१-०८-३०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०८।२९ गते १७:०० बजेको समयमा लागु औषध (खैरो हिरोईन) को कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ महेन्द्रनगर बजार स्थित सब्जी मन्डी जाने रोडमा यु.पी.०६ बि.डी.८८०२ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भारत उत्तराखण्ड जिल्ला उधमसिंहनगर खटिमा बस्ने बर्ष २७ को सलमान शाह र बर्ष २४ को प्रभजोत सिंह खिंडालाई ११.८३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि उक्त पदार्थ, निजहरुले प्रयोग गरेको मोटरसाइकल र निजहरु दुवैजनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।