प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

११.८३ ग्राम अबैध लागू औषध सहित २ जना भारतिय पक्राउ

२०८१-०८-३०

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।०८।२९ गते १७:०० बजेको समयमा लागु औषध (खैरो हिरोईन) को कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ महेन्द्रनगर बजार स्थित सब्जी मन्डी जाने रोडमा यु.पी.०६ बि.डी.८८०२ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भारत उत्तराखण्ड जिल्ला उधमसिंहनगर खटिमा बस्ने बर्ष २७ को सलमान शाह र बर्ष २४ को प्रभजोत सिंह खिंडालाई ११.८३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि उक्त पदार्थ, निजहरुले प्रयोग गरेको मोटरसाइकल र निजहरु दुवैजनालाई  नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।