आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०९-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।३० गते २१:४४ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ मोहनपुर स्थित सोही ठाउँ बस्ने हर्क कप्टयालले संचालन गरेको मालिका होटेल एण्ड डिडि स्टोर (किराना सामान) मा विद्युतको तार सर्ट भई आगलागी हुँदा होटेल र पसल भित्र रहेका किराना लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.३०,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।