अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०९-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।०१ गते जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ पुर्ब लम्कीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८९,५००।– बराबरको प्याज, चिनी, चामल, खाने तेल, पास्ता, पानीपुरी लगायतका समान सहित ऐ. थकालीपुर बस्ने वर्ष २८ की आशा हमाल र वर्ष २५ की वविता शाहीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बरामद गरि उक्त सामान र निजहरु दुवै जनालाई नियन्त्रण लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय सत्ती कैलाली पठाइएको ।
कैलाली:- मिति २०८१।०९।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ आदर्श चोक, रुवस चोक नजिक, ऐ. ३ सिसा पोष्ट, ऐ. ७ मनेहरा र ऐ. ९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९४,३०४।– बराबरको चिनी, साबुन, बिस्कुट, मिठाई, चक्लेट, सुर्ती, साडी, सल, स्विटर, नट बोल्ड, फलामको सिक्रि, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।०१ गते ०८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४०,३००।– बराबरको जुत्ता, कपडा, हाडवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको ।