अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।०१ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने बर्ष ३८ को पहलमान शाहीलाई ४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।०१ गते १९:२० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.३ कुसुमघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा ऐ. टिकापुर न.पा.१ जमरा टोल बस्ने बर्ष २७ को मनिश गिरीलाई ७१० मिलीग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सशस्त्र प्रहरी BOP कुसुमघाटबाट, कैलालीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय भजनी, कैलालीमा बुझाएको, थप अनुसन्धान भईरहेको ।