आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०९-०२
- A
- A-
- A+
डोटी:- मिति २०८१।०९।०१ गते १७:३० बजेको समयमा जिल्ला डोटी, जोरायल गा.पा.२ बस्ती बस्ने बर्ष ४० को नयाराम पल्ली मगरको काठले बनेको टिनले छाएको एकतले कच्ची चिया पसलमा विद्युतको तार सर्ट भई आगलागी हुँदा चिया पसल भित्र रहेका लत्ताकपडा ,खाद्यान्न, भाँडाकुडाह, ग्याँस सिलिण्डर, चुलो, फ्रिज, काठ र फर्निचर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२,५१,१००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरी सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।