अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु टीकापुर न.पा. ९ पुरानो भन्सार स्थित सडक खण्ड र कैलारी गा.पा.३ शिवरत्नापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५६,०५०।– बराबरको बल्ब, होल्डर, मल्टिप्लग, स्विच, मोटर/पंखामा प्रयोग हुने सेल, पिन बोर्ड, पिन सकेट, बोर्डमा प्रयोग हुने इन्डक्टर, MCB, मेल फिमेल प्लग, फेन रेगुलेटर, कार्पेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बसपार्क, ऐ. १० सुकाशाल चौराहा र पुनर्वास न.पा.४ कार्किलडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,६६,११५।– बराबरको चिनी, दाल, जुता, चप्पल, CFL इनभटर क्लब, मोवायलका पार्टस, फेन्सी, कस्मेटिक, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।