अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।०२ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ मनेहराबाट सोही ठाउँ बस्ने बर्ष २७ को भक्तु रानालाई ८६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।०२ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ पुरानो भन्सार नजिकबाट ऐ. चुरे गा.पा. ३ सहजपुर बस्ने बर्ष २१ को संदिप परियारलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।०२ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ जनता राष्ट्रिय माध्यमिक स्कुल नजिक जंगलबाट ऐ. ४ बस्ने बर्ष २९ को सुशान्त सिंह बिष्ट र बर्ष २९ को संजय भट्टलाई ६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।