अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।०३ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ राजपुरबाट ऐ.गोदाबरी न.पा.११ बस्ने बर्ष २६ को महेश राज बोहरा जैशीलाई ४१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।०३ गते १९:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शैलेश्वरी क्याम्पस नजिकबाट सोही ठाउँ बस्ने २५ को संजय नेपाली, बर्ष २८ को सुनिल नेपाली र बर्ष ४७ को लक्ष्मण पार्कीलाई २६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।