प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस नियन्त्रणमा

२०८१-०९-०४

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।०९।०३ गते १३:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुर, सव डिभिजन वन कार्यालय बाणी र हरीयाली सामुदायिक वन गुलरीयाको संयुक्त टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ वेलकुण्डी वस्ने दुखीराम रानाले आफ्नो घर भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध साल जातको काठ गोलिया थान-२ (२१.१५ क्युफिट) बरामद गरि उक्त अबैध काठ र निज दुखीराम रानालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि हरियाली सामुदायिक वन गुलरीया  कञ्चनपुरलाई बुझाएको ।   


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-०७

       कैलाली:-  मिति २०८१।०९।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ आदर्श चोक, भजनी न.पा.५ झुठाघाट र बर्दगोरिया गा.पा २ रामुपुर स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४१,६१०।– बराबरको प्याज, बिडी, सुर्ती, सुटपिस, मोजा, जुत्ती, कट्टु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।              कञ्चनपुर:-  मिति २०८१।०९।०६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ भुजेला र बेलौरी न.पा. १० भुँडा चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१५,३५०।– बराबरको चिनी, सुटपिस, थान कपडा, टिप्परको बम्फर, हाडबेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०६

      कैलाली:-  मिति २०८१।०९।०५ गते १४:५० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरियाबाट ऐ. चुरे गा.पा.५ बस्ने बर्ष २४ को यज्ञ प्रसाद कँडेललाई १ ग्राम ६६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           यसैगरी,  मिति २०८१।०९।०५ गते २०:२५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ मिलनचोकबाट सोही ठाउँ बस्ने बस्ने बर्ष २५ को नरेन्द्र विष्टलाई ६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

थुनामुक्त गरीदिन्छु भनी रकम लिने तीन जना पक्राउ
२०८१-०९-०६

     कैलालीः- लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् । उनीहरूले लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरीदिन्छु भनी थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुल्नआएको छ । प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-०५

      कैलाली:-  मिति २०८१।०९।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, आदर्श चोक, ऐ. ४ बसपार्क, संचयकोष कार्यालय नजिक, ऐ. ७ मनेहरा, ऐ. १२ मनेहरा पोष्ट नजिक, भजनी न.पा. ०६ नवलपुर, गौरीगंगा न.पा.११ शिबपुर र जोशीपुर गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,००,१५०।– बराबरको प्याज, चिनी, गुड, बिडी, सुर्ती, नरिवल, नमकिन, दाल, आलु, खुर्सानी, उनि सर्ट, स्कुल ब्याग, ज्याकेट, मल, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर:-  मिति २०८१।०९।०४ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,०००।– चिनी, बिडी, खाने तेल, थान कपडा, कस्मेटिक लगायतका सामानहरु इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको ।