अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-०४
- A
- A-
- A+
कैलाली:- लम्कीचुहा नगरपालिका बचैलास्थित खाली घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कौवापुर बस्ने २४ वर्षीय आरन थापा, २३ वर्षीय जगत वड, १६ वर्षीय किशोर र सोही नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय भिमसेन सापकोटा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।