अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-०६
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०९।०५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ७ सरस्वती स्कुल नजिक र टीकापुर
न.पा. ९ भिउटावर स्थित नदी छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,९७,०५०।–
बराबरको प्याज, बिभिन्न प्रकारको धागो, हुक,
बुक्रम, चेन, सिलाई मेसिनमा हाल्ने तेल, गेडिस, सिद्रा माछा,
मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली
मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।