अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-०७
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०९।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ आदर्श चोक, भजनी न.पा.५
झुठाघाट र बर्दगोरिया गा.पा २ रामुपुर स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु.१,४१,६१०।– बराबरको प्याज, बिडी, सुर्ती, सुटपिस, मोजा,
जुत्ती, कट्टु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट
खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।०६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११
भुजेला र बेलौरी न.पा. १० भुँडा चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.२,१५,३५०।–
बराबरको चिनी, सुटपिस, थान कपडा, टिप्परको बम्फर, हाडबेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।