अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-०८
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०९।०७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु गोदावरी न.पा.२ धनगढी
रोड छ लेन सडक खण्डको किनारा, भजनी न.पा. ६ थापापुर, ऐ. ७ हिक्मतपुर, टीकापुर न.पा.१ ब्लक
नम्बर २५ स्थित सडक खण्ड र कैलारी गा.पा.७ पुरानो भुईयाफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.३,१५,५३०।– बराबरको प्याज, बिडी, सुर्ती, सुपारी, लेडिज
व्याग, तातो टोपी, गम, ब्याट्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली
मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति
२०८१।०९।०७ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त
न.पा. १० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.२,८७,४३०।– बराबरको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायतका सामानहरु इलाका प्रहरी
कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकी,
कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको ।