अबैध काठ सहित मानिस नियन्त्रणमा
२०८१-०९-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०७ गते १९:३५ बजेको समयमा गोप्य सूचनाको
आधारमा जिल्ला
कैलाली, धनगढी
उ.म.न.पा. १६ भादा स्थित
श्री गणेश सामुदायिक वनबाट सोही ठाउँ बस्ने बर्ष ३० अयोध्या प्रशाद चौधरी, बर्ष ३० को राम बहादुर
साउँद, बर्ष ४५ को राम कुमार चौधरी र बर्ष
५० को धनीराम चौधरी समेतले गोरू गाडा (डल्लब) मा काठ लोड गरी रहेको अबस्थामा साल
जातको काठको गोलिया थान-३ (३२ क्युफिट) अस्थायी प्रहरी पोष्ट
बेहडाबाबा, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
नियन्त्रणमा लिई, उक्त अबैध काठ सहितको गोरु गाडा र
मानिसहरुलाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन कार्यालय फुलवारी,
कैलालीलाई बुझाएको ।