प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस नियन्त्रणमा

२०८१-०९-०८

  • A
  • A-
  • A+
Share

       कैलाली:-  मिति २०८१।०८।०७ गते १९:३५ बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १६ भादा स्थित श्री गणेश सामुदायिक वनबाट सोही ठाउँ बस्ने बर्ष ३० अयोध्या प्रशाद चौधरी, बर्ष ३० को राम बहादुर साउँद, बर्ष ४५ को राम कुमार चौधरी बर्ष ५० को धनीराम चौधरी समेतले गोरू गाडा (डल्लब) मा काठ लोड गरी रहेको अबस्थामा साल जातको काठको गोलिया थान-३  (३२ क्युफिट) अस्थायी प्रहरी पोष्ट बेहडाबाबा, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिई, उक्त अबैध काठ सहितको गोरु गाडा र मानिसहरुलाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन कार्यालय फुलवारी, कैलालीलाई बुझाएको ।    

 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।