प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-०९-०९

  • A
  • A-
  • A+
Share

         कैलाली:-  मिति २०८१।०९।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु गोदावरी न.पा. ३ चौकिडाँडा स्थित मालाखेती जाने बाटो, भजनी न.पा.९ भुरुवाघाट जाने बाटो, टीकापुर न.पा.९ वालुवाटार स्थित सडक खण्ड, कैलारी गा.पा.४ “के” गाउँ स्थित मिलन सामुदायिक वन र ऐ. ७ कठैनी काठे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,०१,९००।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, मिठाई, साबुन, क्रिम, सिद्रा माछा, सुटपिस, लेडिज जुत्ता, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       

       कञ्चनपुर:-  मिति २०८१।०९।०८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ चौकीसत्ता र बेलौरी न.पा. ६ ढक्का चाँदरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,०७,१४०।– बराबरको बिडी, हार्डवेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०८-०६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लिपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बोइलर कुखुरा शनिबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय, जनप्रतिनिधिको रहोवरमा नष्ट गरेको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९०,५००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ति, दाल, सरप, चक्लेट, सेतो समेन्ट, फ्रिज थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

फरार प्रतिबादी पक्राउ
२०८३-०८-०५

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.४ बस्ने वर्ष २२ को खेमराज जैशीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।      बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७८।०९।१३ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएको बुंगल न.पा.४ बस्ने वर्ष ५३ को राम बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट बिजगडा, बझाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ऐ. बिजगडा बजारबाट पक्राउ गरेको छ ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०१।११ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा न.पा.११ कलुवापुर बस्ने वर्ष २७ को हरिश भट्टलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो  सोही न.पा.५ खजुवाबाट पक्राउ गरेको छ ।