अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।०९ गते कैलाली
जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, शिसा
पोष्ट, ऐ. १४ स्याउले बजार, टीकापुर न.पा.१ मुनुवा रोड स्थित भित्री सडक खण्ड र कैलारी गा.पा.४ “के” गाउँ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,७६,४२०।–
बराबरको प्याज, चिनी, मटर,
तिलको तेल, सुर्ती, चक्लेट, काँचो कपडा, ट्याक्टरका बिभिन्न
पाटपुर्जा, सिद्रा माछा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत
कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।०९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बसपार्क र बेलौरी न.पा. खल्लाबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६०,९००।– बराबरको पेय पदार्थ, सुर्ती, BLACK नामक चुरोट, गुट्खा, कुरकुरे, माछा लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।