अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।०९ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.३ सरदार चोक स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा
जानकी गा.पा.४ मुनुवा बस्ने १८ बर्षिय किशोरलाई ३५० मिलिग्राम लागू औषध खैरो
हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको
प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको
।
यसैगरी, मिति २०८१।०९।०९ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने बर्ष ३० को श्रबण चौधरीलाई ३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कायालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।