फरार प्रतिवादी पक्राउ
२०८१-०९-१०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न
मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई
मिति २०८१।०९।०९ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको
प्रहरी टोलीले पक्राउ गरेको ।
१. विना
इजाजत वन पैदावार ओसपसार मुद्दामा १ महिना कैद सजाय र रु.३९,६६६.६६।- जरिवाना तोकिएको जिल्ला कैलाली, गौरीगंगा न.पा.४ बस्ने वर्ष ४७ को मिन बहादुर गुरुधामी ।
२. बन
मुद्दामा रु.६५,६२०।– जरिवाना
तोकिएको कैलारी गा.पा.७ बस्ने बर्ष ५० को
छेदुराम चौधरी ।
३.
चेक अनादर मुद्दामा रु.१,०००।- जरिवाना तोकिएको गौरीगंगा न.पा.३ बस्ने बासुपुर बस्ने बर्ष ४५ को हरि ओम
सापकोटा ।
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०८।१४ गतेको
फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको बेलौरी न.पा. २ बस्ने कनैया रानालाई
इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी
टोलीले मिति २०८१।०९।०९ गते ऐ. ४ रिछाबाट पक्राउ गरेको ।