अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-११
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०९।१० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ पुरानो
भन्सार रोड, ऐ. १० सिमलघाट, ऐ. १८ थापाघाट, जोशीपुर
गा.पा.१ बडहरीया र कैलारी गा.पा.७ पुरानो भुईयाफाटा नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.१,०२,८८०।– बराबरको चिनी, मिश्री, बिडी, सुर्ती, गुट्खा,
सुपारी, सलाई, तरकारी, सिंगठा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति
२०८१।०९।१० गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त
न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.४,८५,०००।– बराबरको मोबाईलका डिस्प्ले र मोबाईलका बिभिन्न पर्टस लगायतका सामानहरु
इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती
टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी
पठाएको ।