अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१० गते १९:१० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चटकपुर डि.के.आयल नजिकबाट ऐ. बर्दगोरीया गा.पा.२ बस्ने बर्ष २६ को राम प्रशाद चौधरी र ऐ. ५ बस्ने बर्ष २५ को हिमाल चौधरीलाई ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।१० गते २२:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ मुसकान टोलबाट सोही ठाउँ बस्ने बर्ष ३१ को सुरेन्द्र भट्टलाई १ ग्राम ३१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।