फरार प्रतिवादी पक्राउ
२०८१-०९-११
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८०।१२।०७
गतेको फैसलाले लागू औषध (खैरो हेरोईन) मुद्दामा २ महिना कैद सजाय तोकिएको टीकापुर न.पा.२ अस्नेरी बस्ने बर्ष २९ को अशोक थापामगर लाई
इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी
टोलीले मिति २०८१।०९।१० गते निजकै घर ठेगानाबाट पक्राउ
गरेको ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले
घरेलु हिंसा मुद्दामा १ महिना कैद सजाय तोकिई फरार रहेका नवदुर्गा गा.पा.२
रन्तपाला घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ६ लालपुर बस्ने वर्ष २९ को लक्ष्मण भट्ट र
निजकी श्रीमती वर्ष २५ की कुन्ती भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट
खटिएको प्रहरी टोलीले मिति २०८१।०९।१० गते डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको ।