अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-१३
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०९।१२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी
उ.म.न.पा. ९ बङग्राकटान, भजनी न.पा.०३ काँडा पुल नजिक,
टीकापुर न.पा.९
बालुवाटार र जोशीपुर गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.९८,५००।– बराबरको प्याज, चिनी, सरप, बिडी, सुर्ती, मोजा, पाल, बिषादी, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय
कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।१२ गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,९६०।– बराबरको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र
प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकी, कञ्चनपुरबाट
संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको
लागि भन्सार कार्यालय गडडाचौकी पठाएको ।