आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०९-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१२ गते २०:४५ बजेको
समयमा जिल्ला कैलाली, कैलारी गा.पा. ५ छोट्कीपलिया स्थित दक्षिण टोल बस्ने रामदास चौधरीको एक
तले दुई कोठे कच्ची गोठमा विद्युतको तार सर्ट भई आगलागी हुँदा गोठ भित्र रहेका
खद्यान्न, सोलार ब्याट्री लगायतका सामानहरु गरी अन्दाजी
मुल्य रु.१,५०,०००।– (एक लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय
तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी
नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको ।