अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-१५
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०९।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी
उ.म.न.पा. २ शिसा पोष्ट, भजनी न.पा ३ जसबहादुर घाट
नजिक, टिकापुर न.पा. ९ कालिमाटी स्थित सडक खण्ड र जोशीपुर
गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९३,९५०।–
बराबरको चिनी, बिडी,
सुर्ती, झ्याल, ढोकाको
पर्दा, फलाम काट्ने मेसिन, मोटरसाइकलका
बिभिन्न पार्टपुर्जा, साइकलका बिभिन्न पार्टपुर्जा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली
मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु
भिमदत्त न.पा. ६ ऐठपुर, बेलौरी न.पा.१ बैशाखी, ऐ. ६ भुराकोट र ऐ.७ पौलाहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.६,७७,७५०।– बराबरको युरिया मल, कुर्सी, ट्रयाक,
ट्रयाकसुट, सट, मोटरसाइकल
थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट
खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।