अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१५ गते कैलाली
जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ शिसा पोष्ट, ऐ.९ बङग्राकटान, ऐ. १३ राजपुर र गोदावरी न.पा.२ बसपार्कबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,३४,५९०।– बराबरको
प्याज, चिनी, जिरा, खुर्सानी, ज्वानो, नरिवल, मिठाई, लेडिज
पाईन्ट, लेडिज टप्स, बिभिन्न किसिमका लेडिज कपडा, माछा लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।