प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०९-१७

  • A
  • A-
  • A+
Share

      बैतडी:- मिति २०८१।०९।१६ गते ११:३० बजेको समयमा जिल्ला बैतडी, सुर्नया गा.पा.०६ सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगा स्थित से १ ज २४१ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १६,१६,०००। बराबरको दिलखुस नामक बिडी १६ पेटी र उक्त जिप सहित चालक जिल्ला बैतडी सुर्नया गा.पा. ०२ बस्ने बर्ष २१ को हरीष बिष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको, उक्त सामान, जिप र मानिसलाई आवश्यक कारबाहीको महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाएको । 

 

    कैलाली:-  मिति २०८१।०९।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १५ कनरी र टिकापुर न.पा. ९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६१,०००।बराबरको कार्पेट, सोफा, तातो कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।          

   कञ्चनपुर:-  मिति २०८१।०९।१६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ भुजेला र बेलौरी न.पा. ६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६२,५००।– बराबरको चिनि, मिश्री, जुत्ता, चप्पल, कपडा, साईकलका सामान, माछा, किराना, हाडबेयर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।