अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०९-१७
- A
- A-
- A+
बैतडी:- मिति
२०८१।०९।१६ गते ११:३० बजेको समयमा जिल्ला बैतडी, सुर्नया
गा.पा.०६ सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगा स्थित से १ ज २४१ नम्बरको बोलेरो
जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु. १६,१६,०००।–
बराबरको दिलखुस नामक बिडी १६ पेटी र उक्त जिप सहित चालक जिल्ला बैतडी सुर्नया
गा.पा. ०२ बस्ने बर्ष २१ को हरीष बिष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट
खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको, उक्त सामान, जिप र मानिसलाई आवश्यक कारबाहीको महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी
पठाएको ।
कैलाली:- मिति २०८१।०९।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १५ कनरी र टिकापुर न.पा. ९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६१,०००।– बराबरको कार्पेट, सोफा, तातो कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०९।१६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ भुजेला र बेलौरी न.पा. ६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६२,५००।– बराबरको चिनि, मिश्री, जुत्ता, चप्पल, कपडा, साईकलका सामान, माछा, किराना, हाडबेयर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।