अबैध काठ सहित मानिस नियन्त्रणमा
२०८१-०९-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१७ गते १५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. १ पुर्व रोड स्थित पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको से १ त ६३३७ नम्बरको ट्याक्टरलाई संका लागी चेक जाँच गर्दा अबैध जमुना जातको काठको गोलिया थान-२ र बट्ररो जातको काठको गोलिया थान-२ गरि जम्मा थान-४ काठको गोलिया (९० क्युफिट) फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको ट्याक्टर र ट्याक्टर चालक ऐ. धनगढी उ.म.न.पा.३ बस्ने बर्ष बर्ष १९ को रमेश डगौरालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय अत्तरिया, कैलालीमा बुझाएको ।